रेडियो मिसन, हेलम्बु ।
जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार हेलम्बुमा सम्पन्न अधिवेशनले नवराज गुरागाँईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पातली थामी, सचिवमा शम्भु बिक. सह–सचिवमा सानुकान्छा तामाङ र कोषाध्यक्षमा शान्ता वि.क. चयन हुनुभएको नवनिर्वाचित जिल्ला सचिव शम्भु बिक. ले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा ग्याल्जेन लामा, अलैंची अधिकारी, विधा विक, सेल दोर्जे बोम्जन, मसली तामाङ र यदुकुमार पाध्य चयन हुनुभएको सचिव वि.क.ले जानकारी दिनुभयो ।

अधिवेशनले सोम प्रसाद भण्डारीको संयोजकत्वमा ८ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा हरिप्रसाद भण्डारी, फुर्पा साङ्बो दोङ, माधवप्रसाद ढकाल, छिरिङ ग्याल्बु लामा, सञ्चमाया तामाङ, चक्र बहादुर श्रेष्ठ, विश्वराम गुरागाँइ र कृष्ण नेपाली चयन हुनुभएको सदस्य फुर्पा साङ्बो दोङले जानकारी दिनुभयो ।

