रेडियो मिसन ।
बागमती प्रदेशका सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका सचिब कृष्ण कुमार तामाङ समीरले खेलाडी राष्ट्रको चिनारी भएको बताउनुभयो । बोडगाउँँ युवा क्लव इन्द्रावती ११ को आयोजनामा सम्पन्न प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय ड ए साइड खुल्ला पुरुष एकदशी फुटबल प्रतियोगीताकाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले खेल मैदान प्राप्तिको लागि बागमती प्रदेश सरकार र व्यक्तिगत रूपमा सहयोग गर्ने बताउनुभयो । ब्यक्तिको नाममा भएको मैदानलाई वडा पालिका र क्लवको सम्पत्ति बनाउन हर तरहबाट सहयोग गर्ने उहाँको भनाइ थियो । खेल क्षेत्रको बिकाशको लागी राजनितीक प्रतिशोघ नसाँधि सबै एक भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । फाईनलसम्म खेलाडीहरूले देखाएको खेल कौशल र अनुसासनले आगामि दिनमा हुने खेलकुदका कार्यक्रममा थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि तथा वडा नम्बर ११ का वडा अध्यक्ष रामजी माझीले खेलहरू सौहार्दपुर्ण रूपमा सम्पन्न भएकोमा खुसि व्यक्त गर्नुभयो । बिगतका दिनको तितामिठा कुराहरू भएपनि अबको दिनमा सफलतापुर्वक खेल सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । खेलमैदान व्यक्तिको नाममा रहेकाले वडाको नाममा ल्याउन वडाले मात्र सम्भव नभएकाले पालिका, प्रदेश र केन्द्रीय सरकारको सहयोग आवस्यक रहेको बताउनुभयो । गाउँपालिकामा गरेका अहिलेसम्म गरेका खेल चुनौतीपूर्ण भएपनि आजको खेल बिवादरहित ढंगले सम्पन्न गरी सकारात्मक सन्देश दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका विषेश अतिथि नेपाली काँग्रेसका युवा नेता अरूण लामाले खेलकुदले अनुसासन सम्मान र एकता सिकाउने बताउनुभयो । खेलकुदले भातृत्व र एकताको सन्देश दिने उहाँको भनाइ थियो । खेलमा हारजित भएपनि अनुशासन र मर्यादा भुल्न नहुने बताउँदै खेल क्षेत्रलाई अघि बढाउन सिँगो नेपाली काँग्रेसले सहयोग गरीरहेको बताउनुभयो । लामाले खेलमा हारजित हुनु सामन्य भएको र खेलकुदले अनुशासनमा बस्न र एकताबद्ध हुन समेत सिकाउने बताउँदै अनुशासित भएर खेल खेल्न खेलाडीहरु अनुरोध गर्नुभयो ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष रामचन्द्र घिमिरेकोले गाउँपालिकाले खेलकुद क्षेत्रको बिकासमा ध्यान दिनुपर्ने बताउँदै खेलकुदको क्षेत्रबाट ईन्द्रावतीलाई समृद्व बनाउन सबिने धारणा राख्नुभयो ।
यता इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्र बहादुर तामाङले अनुशाशित ढंगले खेल सम्पन्न गरेकोमा आयोजकको प्रशंसा गर्दै क्लबले जिल्ला देखि राष्ट्रिय स्तर सम्म खेल्न आयोजना गर्न सक्ने बताउनुभयो ।
यसैगरी इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष श्याम बहादुर गिरि ले गाउँपालिकाले विगतमा आयोजना गरेको खेल बिवादास्पद भएकोले अब हामी वडा ११ ले राम्रो खेल खेली खेलकुद बिवादरहित बनाएर राम्रो सन्देश दिनुपर्ने बताउनुभयो । वडाध्यक्ष गिरीले खेलकुदको लागि छुट्टै बिभाग बनाएर खेल सञ्चालन गर्दा खेल सफल हुने समेत धारणा राख्नुभयो । आफुलाई खेलमा ज्ञान भएको बताउदै वडाध्यक्ष गिरीले खेलकुद संयोजक बनाउनुस भन्दा गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपालले नमानेको पनि गुनासो गर्नुभयो । खेलकुद ज्ञान भएकोलाई संयोजक नबनाएकै कारण गाउँपालिकाले विगतमा गरेको फुटबल प्रतियोगिताहरु विवादास्पद भएको उनले बताउनुभयो ।
यसैगरी इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष डिल बहादुर श्रेष्ठले आफू पनि फुटबल फ्यान भएको बताउदै अनुशासीत भएर खेल खेल्न खेलाडी लाई अनुरोध गर्नुभयो ।
प्रतियोगीताको उपाधी लामा एफसि खाडिचौरले उचालेको छ । बोडगाउँ युवाक्लव इन्द्रावती ११ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बोडगाउँ ए लाई २–० गोल अन्तरले पराजित गर्दै लामा एफसिले उपाधी कब्जा गर्न सफल भएको हो ।
प्रतियोगितामा प्रथम भएको लामा एफसिले ८० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र ग¥यो भने दोस्रो स्थानमा चित्त बुझाएको बाँडेगाउँ ए ले ४० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । कात्तिक २२ गते बाट सुरु भएको फुटबल प्रतियोगितामा २० ओटा टिमले सहभागीता जनाएको थियो ।