मेलम्ची नगरपालिकाको रोजगार सेवा केन्द्र बागमती प्रदेशमै दोस्रो उत्कृष्ट बन्न सफल

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

विगत ३ वर्षकाे श्रम तथा राेजगारीकाे क्षेत्रमा गरेकाे कार्यसम्पादनकाे आधारमा मेलम्ची नगरपालिका वागमती प्रदेश भरीका ११९ पालिकाहरू मध्ये दाेस्राे उत्कृष्ट पालिका बन्न सफल भएकाे छ।

मेलम्ची नगरपालिका राेजगार संयाेजक श्री रन्जन श्रेष्ठले धुलिखेलमा सञ्चालित सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्नुभएकाे छ । उत्कृष्ट पालिका छनाेटका लागि राेजगार संयाेजककाे विगत ३ वर्षकाे कार्यसम्पादन मुल्याङ्कन, विगत ३ वर्षकाे विनियाेजित बजेटमा गरिएकाे खर्च, राेजगार याेजना सञ्चालनमा नगरपालिकाले गरेकाे साझेदारी र समन्वय तथा राेजगार ब्यवस्थापन सूचना प्रणालीमा गरेकाे डाटा प्रविष्टि र प्रभावकारी उपयाेगलाई आधार बनाइएकाे थियाे।

उत्कृष्ट पालिकामा ललितपुर महानगरपालिका पहिलाे,मेलम्ची नगरपालिका दाेस्राे र गल्छि गाउँपालिका तेस्राेमा पर्न सफल भएकाे छ।

466508717_589753553717092_2381890667217057328_n-1731314571.jpg
466625746_589753770383737_8277931635568035158_n-1731314597.jpg

Leave a Reply