नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० इन्द्रावती गाउँपालिका–२ को वडा समिति भिम भारतीको सभापतित्वमा पुनर्गठन गरिएको छ। समितीको उपसभापतिमा सुमित्रा गिरी र सचिवमा शोभा गिरी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा योगेश तामाङ, टेकबहादुर गिरी, नारायण नेपाली, राजेन्द्र भारती, तिलक नेपाली र जितबहादुर तामाङ चयन हुनुभएको छ ।
आइतबार एक विशेष समारोहका साथ सम्पन्न कार्यक्रममा पार्टी जिल्ला समितिका सचिव चक्रपाणि सिग्देल, इन्द्रावती गाउँपालिकाका लागि जिल्ला सदस्य तथा संयोजक छिरिङ दोर्जे लामा, वडा नं। ३ र ४ का सभापति तथा स्थानीय पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पुनर्गठनको उद्देश्य संगठन सुदृढीकरण, जनस्तरसँगको सम्बन्ध विस्तार र आगामी गतिविधिलाई प्रभावकारी बनाउने रहेको बताइएको छ। स्थानीयको विश्वास, समर्थन र सक्रिय सहभागिताले पार्टीलाई थप ऊर्जा प्रदान गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारी अनुसार अनुशासित, पारदर्शी र जनमुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
