इन्द्रावतीको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया सम्पन्न

* # पालीका खबर राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर

ईन्द्रावती गाउँपालिकाको समृद्धि र नागरीक अपेक्षा विषयक अन्तरक्रिया विशिष्ठ व्यक्तित्वहरूको सम्मान तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ ।


नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका स्थाई कमिटि सदस्य राजन भट्टराई प्रमुख अतिथि रहनुभएको थियो ।


कार्यक्रममा वर्तमान जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधि, पार्टि प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, इन्द्रावतीवासी लगायत २ सय बढी ब्यतिmहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सहभागीले गाउँपालिका कसरी समृद्व बन्न सक्दछ भन्ने बिषयमा आ आफ्नो धारणा राखेका थिए । इन्द्रावतीको शैक्षिक अवस्था, स्वास्थ्यको अवस्था, इन्द्रावती गाउँपालिकामा सञ्चालित क्रसर, ब्यबसायीक कृषि, युवा स्वरोजगार लगायत विविध विषयमा छलफल गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थाई कमिटि सदस्य राजन भट्टराइले लोकतन्त्रमा हारजित स्वभाविक भएको भन्दै सबै दल मिलेर छलफल गरि बिकासको खाका तयार पार्नपर्ने धारणा राख्नुभयो । इन्द्रावतीमा भएको सर्वदलिय भेलाले सकारात्मक सन्देश दिएको उहाँको भनाई छ ।


गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले आफुले जे बोलेको छ त्यो कुरा पुरा गरेरै छाड्ने बताउनुभयो । इन्द्रावती गाउँपालिका समृद्व बनाउन ३ कुराहरु आवस्यक पर्ने उहाँको भनाई छ । स्रोत साधन, कार्यक्षमता सहितको जनशतिm, काम गर्नको लागी निति र कार्यविधि चाहिने नेपालले बताउनुभयो । आफ्नो नेतृत्वमा शिक्षा ऐन समेत बनेको उहाँले बताउनुभयो । १० महिनामा ३ चिलिङ भ्याट स्थापना गरि किषानको हकहितको लागी काम गरिरहेको उहाँको भनाई छ ।


कार्यक्रममा आफ्नो धारणा राख्दै निवर्तमान गाउँपालिका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकाल कुसलतापुर्वक सम्पन्न गरेको वताउनुभयो । आफु गाउँपालिकाको नेतृत्वमा आउँदा कुनै पनि तथ्याङकहरु नरहेको र काम गर्न पनि असहज भएको अवगत गराउनुभयो । आफुले काम गर्दै जाँदा १२ वटै वडामा स्वास्थ्य चौकी बनेको, सबै विद्यालय निर्माण भएको, सडक निर्माण भइ हिउँद र बर्षा दुवै मौषम सवारी साधन चल्न सक्ने बनेको उहाँले बताउनुभयो । इन्द्रावती वृहत खानेपानीले इन्द्रावतीमा खानेपानीको समस्या समाधान हुने चरणमा पुगेको उहाँको भनाई छ । अवको सरकारले उत्पादनमा अनुदान दिन जरुरी रहेको उहाँको भनाई छ ।


कार्यक्रममा नेपाली कांग्रेसका नेता विष्णु विक्रम थापाले सबै दल मिलेर काम गर्न सकेमा समृद्व इन्द्रावती बन्ने धारण राख्नुभयो ।


कार्यक्रममा नेकपा एमाले गाउँपालिका कमिटि अध्यक्ष शशिनाथ आचार्यले दिगो बिकासको अवधारणा बाट अघि बढ्न जरुरी रहेको बताउनुभयो । कार्यक्रमको छलफलमा उठेका बिषयहरु सबै लिपिबद्व गरिएको र सो विषयहरु गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गर्ने उहाँको भनाई छ । त्यस छलफलमा उठेका सल्लाह सुझावहरुले गाउँपालिका लाई समृद्व बनाउन सहयोग पुग्ने उहाँले बिस्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा ईन्द्रावती गाउँपालिकामा जन्मीएर ख्याती कमाउन सफल प्रतिष्ठीत व्यक्तीहरुलाई सम्मान पनि गरीएको थियो । शिक्षा, कृषि, उद्यम, महीला बालबालीकाको क्षेत्रमा काम गरीरहनुभएका व्यक्तीहरुलाई सम्मान गरीएको हो ।

Leave a Reply