इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे ।

वडा स्तर तथा पालिका स्तरमा बाल सञ्जनल गठन गरि बालबालिकाहरूलाई वालमैत्री गाउँपनलिका घाेषणाका सुचक बमाेजिमका न्युनतम सेवा, सुविधा र संरक्षणकाे कार्यक्रम सञ्चालन समेत गरिने भएकाे छ । बालबिवाह, बालश्रम, बालदासत्व विरूद्व कार्यक्रमहरू बाल संजाल, बाल संरक्षण समिति र गाउँपालिकाकाे साझेदारिमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

साथै माझी र दनुवार समुदायमा रहेकाे बालविवनह न्युनिकरण गर्न २० बर्ष सम्म विवाह नगरेका र +२ पास गरेका युवतीहरूलाई बार्षिक प्राेत्साहन स्वरूप रकम दिन चेलि प्राेत्साहन कार्यक्रम सञ्चालन गरिने भएकाे छ ।

प्रत्येक ३, ३ महिनामा १२ वटै वडामा स्वास्थ्य परिक्षण शिविर, आँखा शिविर र महिला स्वास्थ्य शिविर सञ्चालन गरिने बताइएकाे छ ।

Leave a Reply