रेडियो मिसन, मेलम्ची ।
नेपाली कांग्रेस मेलम्ची नगरपलिकाको सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । नेपाली काग्रेसका जिल्ला सचिव रमेशराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँँले केन्द्रको परिपत्र अनुसार यो कार्यक्रम गरिएको र वडा, नगर, प्रदेश, जिल्लाबाट लिएको सल्लाह सुझाव केन्द्रमा पठाउने गरी कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रमका सभापती तथा नगर सभाति बसन्त गुरुङले पार्टी बलियो हुनलाई नेताले कम बोल्ने, कार्यकर्ताले आफ्नो भावना राख्ने र बाहिर कुरा काट्ने काम बन्द गर्नुपर्ने बताउनुभयो । अब सबैको सल्लाह लिएर अघि बढ्ने साथै सबै भ्रातृ संगठनहरूलाई पुर्णता दिएर पार्टी चलायमान बनाउनपर्ने उहाँले धारणा राख्नुभयो ।
कार्यक्रमका बिशेष अतिथी नेपाली कांग्रेस सिन्धुपाल्चोक २ का क्षेत्रिय सभापती आइतमान तामाङले कांग्रेसको संगठन भव्य र एक ढिक्का रहेको तर कमि कमजोरीको बारेमा सबैले बोल्न पाउनुपर्ने बताउनुभयो । साथै पार्टीमा छलफल गरेर एक ढिक्का भएर हिड्न जरूरी रहेको उहाँको भनाई छ ।
सिन्धुपाल्चोक क्षेत्र नं २ ख का सभापती जित बहादुर तामाङले माथील्लो तहबाटै कांग्रेस सुध्रिएमा मात्र कांग्रेसको सुदृढिकरण हुने बताउँदै प्रदेशको कुनै औचित्य नभएको बताउनुभयो । गुट उपगुट तिर नलागी सबै एकजुट हुन जरुरी रहेको उहाँको धारणा थियो ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सागर कुमार श्रेष्ठले पार्टीका सबै तह र तप्काको ब्यक्तिहरूको सल्लाह सुझाव लिन जरूरी रहेको र नियमित आम सभा र सम्मेलन गर्न जरूरी रहेको बताउनुभयो । साथै क्षेत्रमा हुने बिकासको नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने उहाँको भनाई छ ।
पार्टीमा पद धेरै तर काम कम भएको साथै पार्टी भित्रको कमी कमजोरीहरूको बारेमा उपस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आ आफ्नो भनाई राखेका थिए । नेपाली कांग्रेस मेलम्ची नगर सह सचिव गणेश दुलालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।