नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभाग बागमती प्रदेशले मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ ।
२०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा (FRA) मा दोस्रो भएको मेलम्ची नगरपालिकालाई चितवनकाे शाैराहामा आयोजित एक समारोहका बीच नेपाली काँग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले मेलम्ची नगर प्रमुख आइतमान तामाङलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।
”नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को आ.व. २०७५/८० को मूल्याङ्कनमा ४४.५ अङ्क प्राप्त गरी नेपाली कांग्रेसको नेतृत्वमा रहेका नगरपालिकाहरु मध्ये द्वितीय स्थान हासिल गरेको श्री मेलम्ची नगरपालिका, सिन्धुपाल्चोकका प्रमुख तपाई श्री आइतमान तामाङ एवम् नगरपालिका परिवारलाई हार्दिक बधाई सहित यो सम्मान-पत्र प्रदान गरिएको छ । आगामी दिनमा थप उत्कृष्टताको कामना गर्दछौं ।” सम्मानपत्रमा भनिएकाे ५ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल (गौतम) प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ लगाएतकाे सहभािगता रहेकाे थियाे भने स्थानीय तह समन्वय विभाग प्रमुख उपेन्द्र लम्सालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।