खुल्यो तातोपानी नाका, आउने भयो बाटोमा अड्कीएका सामान

* # समाचार समाज सिन्धुपाल्चोक

तातोपानी

कोरोना संक्रमण बढ्दै गएपछि चिनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको तातोपानी नाकाबाट दशैँ लक्षित सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनरहरूको लागी खुल्ला गरिएको छ ।

मितेरी पुल पारी महिनौदेखि रोकिएर राखेको बन्टेनरमा भएको समान बिग्रने अवस्था आएपछि उक्त समानहरुका लागि मात्रै अस्थायी रुपमा तातोपानी नाका सञ्चालनमा आएको हो । तिब्बतको न्यालम लगायतका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि चिनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको थियो ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमकाअनुसार शनिवार ५ तथा आईतबार र आज ३ कन्टेनर भित्रिएका छन । त्यसमा लसुन, प्याज तथा स्याउ रहेको तर बिग्रिसकेका बताईएको छ । कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर राजधानी सम्बन्धितमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले बताउनुभयो । साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए ।

चिनको चाहना अनुसार मात्रै खुल्ने र बन्द हुने उत्तरी नाका विभिन्न कारण देखाउदै पटक पटक खुल्ने र बन्द हुने गरेका छन् । यसबाट नेपाली व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन् । नेपालीहरूको महान् चाड दशैँलाई लक्षित गरी व्यापारीले ल्याएका स्याउ, लसुन, प्याज लगायतका खाद्यान्न कन्टेनरमै कुहिन थालेको छ भने तयारी कपडा समेत बेलामा बजार नआइपुग्दा व्यापारीको कराडौँको लगानी फसेर बसेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले बताए ।

व्यापारीले किनेर गाडीमा लोड भइसकेका एक सय भन्दा धेरै कन्टेनर पारी नै रोकिएर बसेको उनले बताए । चिनले यसअघि पनि पटक पटक नाका बन्द गर्दै आएको छ । सञ्चालनमा आँउदा पनि नेपालतर्फ चिनियाँ सामग्री आयात मात्रै गर्न दिने चिनले नेपाली सामान निर्यात गर्न भने पूर्ण बन्देज नै लगाएको छ । नेपाली पर्यटक तथा व्यापारी चिनीयाँ क्षेत्रमा प्रवेश नै पाउदैनन् । जसका कारण व्यापारीहरू पेशाबाट नै पलाएन हुन थालेका छन् ।

यो समस्या समाधान गर्न नेपालको तर्फबाट कुनै प्रभावकारी कदम चालिएको पनि देखिएको छैन । नेपाल सरकारको तर्फबाट कूटनीतिक पहल गरेर नाका खोल्नुपर्ने उनले बताए । नाकालाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न उच्च सरकारी तवरबाट नै विशेष कूटनीतिक छलफल हुनुपर्ने देखिन्छ ।

Leave a Reply