मेलम्ची नगर उद्योग वाणिज्य सघंले बाढीबाट क्षत्ति भएको इन्द्रावती नदि र मेलम्ची नदिमा रहेको मोटरेवल पुल, झोलुङ्गे पुल निर्माणको लागि कुनै पनि कार्य प्रारम्भ हुन नसक्नु निकै गम्भीर र सोचनीय विषय बनेको बताएको छ ।
एउटै प्रकृतिको बाढिबाट क्षत्ति भएको छिमेकी हेलम्वु गा.पा. ले बाढि गएको १ बर्ष पनि नपुगि बेली बृज निर्माण हुनु र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ को केन्द्र एवंम यातायात संचालनको मुख्य प्रवेश मार्ग रहेको मेलम्ची नदि र सदरमुकाम चौतारा जोडने इन्द्रावती नदिमा हाल सम्म मोटररेवल पुल तथा झोलुङ्गे पुल निर्माणको कुनै प्रक्रिया नै सुरु हुन नसक्दा प्रशासनिक तथा सरोकारवाला पक्ष प्रति कयौंन प्रश्न चिन्ह खडा भएको मेलम्ची नगर उद्योग वाणिज्य सघंका अध्यक्ष पुस्कर धितालले बताउनुभयो ।
आज नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान र प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धिताललाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै सो विषयमा गम्भीर भएर लाग्न आग्रह गरेको हो । मेलम्ची बजार हुँदै इन्द्रेश्वरी मा.वि.नगर अस्पताल र प्रगति मा।वि हुँदै मेलम्ची नगरपालिकाको कार्यालय सम्म जाने मोटरबाटो निर्माणको कार्य विगत लामो समय देखि अलपत्र अवस्थामा छोडीएको कारण सयौं विद्यार्थी, विरामी, सेवाग्राही र नागरिकहरुले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएको प्रति पनि ध्यानाकर्षण गरिएको सघंका कानुनी सल्लाहकार विष्णु प्रसाद धितालले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिका भित्रका सार्वजनिक सडकहरुमा देखिएको अव्यस्थित पार्किङ्ग, फुटपातको समस्या समाधान, बसपार्कको व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण र मेलम्ची बजार क्षेत्रमा खानेपानी वितरण लगायतको कार्यको दिर्घकालीन समाधानको लागि स्थानीय सरकारलाई आवश्यक सहयोग गरी सहकार्य गर्न मेलम्ची नगर उद्योग वाणिज्य संघ तयार रहेको समेत नगरपालिकालाई जानकारी गराइएको सघंका महासचिव तारा बाँनियाले जानकारी दिनुभयो ।
पत्र बुझ्दै नगर प्रमुख तामाङले बजारलाई सुन्दर बनाउनका लागि र जनताका समस्या समाधानका लागि नगरपालिका सधै तयार रहेको बताउनुभयो । उहाँले नगरले गर्ने हरेक विकास निमार्ण देखि बजार ब्यबस्थापन, पार्किङ, ब्यापारि एवम् ब्यबशायिकहरुको हक हितका लागि नगर पालिकाले सघंसँग हातेमालो गर्दै अगाडि बढ्र्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले दशै अगावै ह्युम पाइप हालेर यातायात आवतजावतमा सहज बनाइने समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले बाढीपछि हालसम्म भए गरेका काम र गरिएका पहलका विषयमा जानकारी गराउनुभएको थियो ।