रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ७ ले बाँदर लगायत बन्यजन्तुले बालिनालीमा दुख दिन थालेपछि सोलार फेन्सिङ सिस्टमबाट बन्यजन्तु नियन्त्रणको लागी काम सुरु गरेको छ । हिमालय माउन्ट एभरेष्ट टावरको सहयोगमा सोलार सिस्टमबाट बिद्ययुतीय झट्का निकाली बन्यजुन्तबाट बालिनालीमा हुने क्षती रोक्न यस्तो काम सुरु गरिएको वडा सदस्य तिर्थ बहादुर तामाङले जानकारी दिनुभयो । अहिले वडाको साबिक वडा नम्बर ४ को क्यामुनडाडामा परिक्षणका लागी यो काम सुरु गरिएको तामाङले जानकारी दिनुभयो ।
वडा अध्यक्ष रबिन्द्र कुमार खातीको बिशेष पहलमा सहयोगी संस्था हिमालय माउन्ट एभरेष्ट टावरको सहयोगमा २ दिन लगाएर करिब ९ रोपनी जग्गामा उक्त प्रबिधी अपनई गरिएको परिक्षण प्रभावकारी देखिएको वडाले जनाएको छ ।
यो प्रबिधीमा सोलार सिस्टमबाट तारको माध्यमले झड्का उत्पन्न गराई बन्यजन्तुलाई तर्साउन सकिने र पटक पटक झड्का महसुस गरेपछि पुनः उक्त स्थानमा जान डराउने कम्पनीका कार्यकारी अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । उक्त सिस्टमले जम्मा दुई सेकेन्ड झड्का दिने र अर्को दुई सेकेन्डमा फेरी अर्को दुई सेकेन्ड झड्का दिने गर्दछ । झड्काबाट बन्यजन्तु तथा मानिस लगायत सजिव प्राणीमा कुनै असर भने नगर्ने पनि श्रेष्ठले जानकारी दिनुभयो ।
यो प्रबिधी प्रभावकारी भएमा गाउँपालीका तथा बिभिन्न संघ सँस्थाको सहयोगमा स्रोत जुटाई वडाका अन्य स्थानहरुमा समेत बिस्तार गरिने योजना रहेको वडा सदस्य तिर्थ बहादुर तामाङले जानकारी दिनुभयो ।
बन्यजन्तुले दुख दिएको गुनासो ब्यापक आउन थालेपछि वडामा छलफल गरी यसको समाधान खोज्दै जाँदा उक्त कम्पनीको सहयोगमा हाल परिक्षणका लागी अपनाइएको त्यस प्रबिधी प्रभावकारी देखिएको वडा अध्यक्ष रबिन्द्र कुमार खातीले बताउनुभयो । बन्यजन्तु नियन्त्रणका लागी प्रभावकारी भएमा यहाँ मात्रै नभई हरेक ठाउँमा यो तरिका अपनाई किसानको मेहनतलाई जोगाउन सहयोग पुग्ने अध्यक्ष खातीको भनाई छ ।