ईन्द्रावतीमा सडक छेउमा मेन्दोलको बीउ रोपियो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
ईन्द्रावती गाउँपालिकामा घाँसको बीउ रोपिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ डडुवाखर्क स्थित बाला देबि स्वावलम्बी महिला समूहका सदस्यहरुले गाउँपालिकामा रहेको रंगशाला छेउदेखी जिरोकिलो साम्म सडकको छेउमा मेन्दोला जातका घाँसको बीउ रोपिएको समुहका सचिव सुस्मिता तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाको सहजीकरणमा हेफर प्रोजेक्ट नेपालको सहयोगमा प्राप्त मेन्दोला र भटमासे जातका बहुबर्से घाँसको बीउ रोपिएको समुहका उहाँले जानकारी दिनुभयो ।

यसले गाउँपालिकाको हरित सडकको अवधारणालाई पनि सहयोग गर्ने र वातावरणलाई पनि स्वच्छ तथा हरियाली राख्न मद्दत पुग्नुका साथै घाँस पनि हुने गाउँपालिकाले जनाएको छ ।

बस्तुभाउ तथा बिशेष गरि बाख्राको लागि निकै पोशिलो मानिने यो घाँस पशुपालन गर्ने किसानहरुको लागि निकै उपयोगी हुनेगरेको किसानहरूले बताएका छन् ।

Leave a Reply