नेता दाहालले नेपाली कांग्रेस मेलम्ची १० काे भवन निर्माणका लागि जग्गा दान गर्ने

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेपाली कांग्रेसका नेता तथा व्यवसायी प्रकाश दाहालले नेपाली कांग्रेस मेलम्ची १० को भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने हुनुभएको छ ।

नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नम्बर १० इकाइ कार्यसमितिको बैठकमा उहाँले सो कुरा घोषणा गर्नुभएको हो। हिजो सम्पन्न बैठकमा क्रियाशील सदस्यता वितरण सहित नयाँ क्रियाशील वितरण सम्बन्धमा तथा समसामयिक विषयमा छलफल भएको इकाई सभापति अमृत खनालले जानकारी दिनुभयो ।

हालसम्म वडा इकाइको आफ्नै भवन नरहेको अवस्थामा वडा इकाइको भवन निर्माणको लागि दाहालले जग्गा उपलब्ध गराउनुभएको हो। पार्टी कार्यालय निर्माणका लागि करिब ३ देखि ५ आना जग्गा उपलब्ध गराउने नेता दाहालले बताउनुभएको छ। पार्टीलाई आवश्यक परेको खण्डमा आर्थिक भौतिक सामाजिक सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने नेता दाहालको भनाइ छ।

Leave a Reply