रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका वडा नम्बर पाँच र छ मा आज १९ ओटा गाई बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा १३ ओटा र ६ मा ६ ओटा गाई बितरण गरिएको हो ।
इन्द्रावती कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च नेपालको सजिकरणमा हेफर र इन्द्रावती गाउँ पालिका ५०५ अनुदान साझेदारीतामा गाई बितरण गरिएको परियोजना संयोजक मधुसूदन सापकोटाले जानकारी दिनुभयो ।
गाउँपालिकामा दुग्ध जन्य पदर्थको वृद्धिका लागि जर्सी, होलिस्टिन तथा त्यसका वर्णशंकर जातका गाईहरु बितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होइन जिउने जुक्ति सिकाऔँ भन्ने उद्देश्य सहित यहि परियोजना अन्तर्गत २,३,४,५,६,१० र १२ नम्बर वडामा गरि यसै हप्ता भित्र ८४ ओटा गाई बितरण गरिने गाउँपालिकाले जनाएको छ ।
मागमा अधारीत वडाको सिफारिस अनुसार कृषक समुहका सदस्यहरुलाई गाई बितरण गरिएको परियोजना संयोजक मधुसुदन सापकोटाले जानकारी दिनुभयो । बितरित गाईले दिनमा १० लिटर देखि १८ लिटर सम्म दूध दिने गाईमा केही स्वास्थ समस्या आएमा सँस्थाले प्राबिधिक सहयोग गर्ने परियोजना स्वास्थ प्राबिधिक संयोजक नवराज दुलालले जानकारी दिनुभयो ।
गाई बितरण कार्यक्रममा आफ्नो भनाइ राख्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिका भित्र ७०% नागरिक कृषि र पशुपालनमा आश्रति भएको र किसानहरुले छिटो पैसा देख्ने माध्यम भनेको दूग्ध ब्यवसाय रहेकोले गाई पालनकालागी गाउँपालिकाले प्रोत्साहन गरेको बताउनुभयो ।
अघिल्लो वर्ष १२ लाख लिटर दूध उत्पादनको लक्ष्य राखेकोमा १४ लाख ५९ हजार लिटर दुध उत्पादन भएको जानकारी दिँदै अझै बडाएर १७ लाख लिटर पुर्याउने उद्देश रहेको जानकारी दिनुभयो । त्यसका लागि यस वर्ष २७४ ओटा उन्नत जातका गाई गाउँपालिका भित्र्याउने लक्ष्य रहेको सुनाउनुभयो ।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष शशिनाथ आचार्यले वडामा माग धेरै भएको तर बाँकीलाई असोज लागेपछि बितरण गर्ने भएकोले अहिले नपाएकाहरुले चिन्ता लिन नपर्ने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, कार्यपालिका सदस्य सितता तिरुवा, वडा सदस्य कृष्ण सञ्जेल CDECF नेपालका कार्यकारी निर्देशक गोबिन्द सापकोटा, परियोजना संयोजन मधुसूदन सापकोटा लगाएत सँस्थाका कर्मचारीहरुको उपस्तिथिमा किसानहरुलाई गाई हस्तान्तरण गरिएको हो ।