इन्द्रावती गाउँपालिकामा उन्नत जातका १४ गाई र ५० बोका बितरण

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका वडा नम्बर दुई र तीनमा उन्नत जातको गाई वितरण गरिएको छ । आज मंगलबार वडा नम्बर दुई र तीनमा गरी जम्मा १४ ओटा गाई बितरण गरिएको हो । इन्द्रावती कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF NEPAL) को सजिकरणमा हेफर र इन्द्रावती गाउँ पालिकाको ५०% अनुदान साझेदारीतामा गाई बितरण गरिएको हो । गाउँपालिकामा दुग्ध जन्य पदर्थको वृद्धिका लागि जर्सी, होलिस्टिन तथा त्यसका वर्णशंकर जातका गाईहरु बितरण गरिएको (CDECF NEPAL) का कार्यकारी निर्देशक गोबिन्द सापकोटाले जानकारी दिनुभयो ।

यहि परियोजना अन्तर्गत २,३,४,५,६,१० र १२ नम्बर वडामा यस वर्ष १२–१२ ओटा गरी जम्मा ८४ ओटा गाई बितरण गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिका कृषि र पशुपालनमा आश्रित गाउँपालिका भएको बताउँदै यसको आधुनिकीकरण र ब्यवसायिकीकरण गरी यहाँका किसानहरुको जिवनस्तार माथी उठाउने उद्धेश्यले यस क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै आएको र जसका लागी दुध उत्पादनबाट पनि केहि हदसम्म सहयोग पुग्ने भएकोले गाई बितरण गरिएको बताउनुभयो । बितरण गरिएको गाईलाई पोषिलो खानेकुरा खुवाई सुरक्षित र सफा ठाउँमा राखेमा बढी दुध उत्पादन गर्न सकिने बताउनुभयो । साथै यी गाईहरुलाई उन्नत जातका बिजको ब्यवस्था गरी ए.आई. प्रबिधिबाट गर्भाधान गराउने बताउनुभयो । साथै आगामी वर्षमा पनि गाईमा अनुदान दिने उद्धेश्यका साथ पालिकाले बजेट समेत ब्यवस्था गरेको उहाँको भनाई छ । गाउँपालिकाले गरेका यस्ता कार्यक्रमहरुमा सबैको साथ र सहयोगको पनि अपेक्षा रहेको र यसबाट नागरिककै जिवनस्तर माथी उठ्ने बताउनुभयो ।

मागमा अधारमा वडाको सिफारिस अनुसार कृषक समुहका सदस्यहरुलाई गाई बितरण गरिएको परियोजना संयोजक मधुसुदन सापकोटाले जानकारी दिनुभयो । बितरित गाईले दिनमा १० लिटर देखि १८ लिटर सम्म दूध दिने र गाईमा केही स्वास्थ समस्या आएमा सँस्थाले प्राबिधिक सहयोग गर्ने परियोजना स्वास्थ प्राबिधिक संयोजक नवराज दुलालले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा अध्यक्षहरु श्याम बहादुर गिरी र भिमसेन थापा अमभआ नेपालका अध्यक्ष रामजी थापा, कार्यकारी निर्देशक गोबिन्द सापकोटा, परियोजना संयोजन मधुसूदन सापकोटा लगाएत सँस्थाका कर्मचारीहरुको उपस्तिथिमा किसानहरुलाई गाई हस्तान्तरण गरिएको हो । अब बाँकी गाईहरु गाउँपालिकामा ल्याउनेक्रम जारी रहेको र २१ गते सम्ममा सबै वडाहरुमा बितरण गरिसक्ने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै आजै परियोजना अन्तर्गत नै किसानहरुलाई ७५% अनुदानमा ५० ओटा बोका बितरण गरिएको छ । गाउँपालिकामा एक कार्यक्रमका बिच उक्त परिमाणको बोका कृषक समुहहरुलाई बितरण गरिएको सँस्थाका अध्यक्ष रामजी थापाले जानकारी दिनुभयो । बाख्रामा नश्ल सुधारका लागि जमुनापारी क्रस बिउको बोका बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक गोबिन्द सापकोटाले जानकारी दिनुभयो । अमभआ नेपालका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपान उपाध्यक्ष शोभना तामाङ, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, लगायत अन्य वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरु र सँस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

संस्थाले गत वर्ष पनि सिरोही जातको ३७ ओटा बोका बितरण गरिएको र त्यसबाट हालसम्म ७२९ ओटा पाठापाठी उत्पादन भैसकेकोमा जसमध्ये २५ ओटा बोका अन्यत्र पठाउन तयार भएको निर्देशक सापकोटाले बताउनुभयो ।

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 100.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

Leave a Reply