सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा रहेको जोखिमयुक्त समुदायहरुमा पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरिएको छ ।
अस्ट्रेलियन एड, प्राक्टिकल एक्सनको आर्थिक सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मंञ्च (सि. डि. ई. सि. एफ) को प्राविधिक सहयोगमा १० समुदायमा कृत्रिम घटना अभ्यासमा गरिएको छ ।
जस अन्तर्गत हेलम्बु गाँउपालिकाको बोल्दे, खर्केडाँडा, पातिङ र दलित बस्ती र पाँचपोखरी गाँउपालिकाको तिपेनी, दनुवार टोल, ढाँडखर्के, सियाले, गुन्सा, नेवार टोल, कृत्रिम घट्ना अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा रेडक्रस र नेपाल प्रहरीको सहकार्य रहेको थियो । पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यासमा दुबै पालिकाका समुदायको व्यतिmहरुको उपस्थिति रहेको थियो ।
सिङ्गो सिन्धुपाल्चोक जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको छ । जस अन्तर्गत हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा पहाडी तथा जटिल भुबनोटमा अवस्थित रहेको र धेरै समुदायहरु पहिरोको उच्च जोखिममा रहेको छ । जोखिमयुक्त समुदायहरुलाई लक्षित पहिरोको पुर्वसुचना प्रणाली विकास गरी जनधन क्षति रोक्नको लागी हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा पहिरोमा आधारित पुर्वसुचना प्रणाली परियोजना सन्चालन भई रहेको छ ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत खोज तथा उद्धारमा प्रयोग हुने स्रोत साधन र जनशतिको प्रयोग र क्षमता अभिवृद्दीको लागि कृत्रिम घट्ना अभ्यास गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत पविना खड्काले जानकारी दिनुभयो । समुदायमा घट्ने विपदका घटनाहरुले सबैभन्दा पहिला समुदायलाई नै असर पुर्याउने गर्दछ । त्यसको लागि समुदाय स्तरमा गठन गरिएको सामुदायिक विपद व्यवस्थापन समिति र कार्यदलहरुको भुमिका अहम रहने कुरा उहाँको भनाइ थियो । विपद्को समयमा सबै भन्दा अगाडि समुदायको भूमिका धेरै हुने भएकोले यो अभ्यास गरिएको हो । र अझ मनसुनको समयमा बाढी पहिरोले जनधनको क्षति पुयाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रतिकार्य क्षमता वृद्धी गर्नका लागी कृत्रिम घटना अभ्यास सन्चालन गरिएको परियोजना अधिकृत पविना खड्काले जानकारी दिनु भयो ।
कार्यक्रममा प्राभमिक उपचार, ग्यास आगलागी नियन्त्रण, स्टेचरको प्रयोग, फस्ट एड बक्सको व्यवस्थापनको बारेमा नमुना अभ्यास भएको फिल्ड अफिसर जमुना थापाले जानकारी दिनु भयो ।
कृत्रिम घट्ना अभ्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सरोकारवालाहरु, शिक्षकहरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यस्तो कार्यक्रम वर्षमा एकपटक समुदायमा गर्ने सक्यो भने प्रतिकार्यको लागि क्षमता अभिवृद्धि हुने भोटेनाम्लाङ्ग सामुदायिक विपद् व्यवस्थापन समितिको अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

