रेडियो मिसन ।
जिल्लाको सदरमुकाम चौतारामा अब फार्मेसी विषयको पनि पढाइ हुने भएको छ । दिनेश रामजी स्मृति वहुप्राविधिक शिक्षालय चौतारामा शैक्षिक सत्र २०८१र८२ को लागी डिप्लोमा फार्मेसी विषयमा ४० कोटामा भर्ना खुलेको हो । यस्तै डिप्लोमा कार्यक्रमहरुमा सिभिल ईन्जिनियरिङ ४८ कोटा, सूचना प्रविधिमा ४८ कोटाको भर्ना शिक्षालयले खुलाएको हो ।
शिक्षालयमा प्राविधिक विषयको पढाई भइरहेको छ । हाल दिनेश रामजी स्मृति वहुप्राविधिक शिक्षालयको आफ्नै भवन बनेकाले यस वर्षदेखि नयाँ भवनबाट पढाउन सुरु गरेका छन् । सो विषयहरुमा योज्ञता पुगेका पढ्न इच्छुक विद्यार्थीहरुले आउँदो श्रावण १३ गते सम्म फारम भर्ना सकिने शिक्षालयले जनाएको छ ।
