दुवाचौरमा आयोजित स्वास्थ्य शिविरमा २७० जना लाभान्वित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेलम्ची नगरपालिका वडा नं. ७ काे आर्थिक सहयाेग तथा  न्यू फेस युवा क्लब दुवाचाैरकाे आयाेजनामा दुवाचौरमा आयोजित शिविरमा २७० ले सेवा लिएका छन । 

दाँत तर्फ १४३ तथा जरनल चेकअप  १२९ ले गराएका आयोजक न्यू फेस युवा क्लबका अध्यक्ष सोमर तामाङले जानकारी दिनुभयाे । फ्रेन्ड्स अफ साँखु र लियाे क्लबकाे प्राविधिक सहयाेग तथा विन नेपाल लघुवित्तको सहकार्यमा  भएको निशुल्क दन्त शिविर तथा सामान्य स्वास्थ्य परीक्षणको उद्घाटन मेलम्ची -७ का अध्यक्ष पासाङ तामाङले गर्नुभएकाे हाृ । उहाँले वडाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको बताउनुभयाे ।

दाँत सम्बन्धि जटिल समस्या भएका विरामीहरूका लागि २५% देखि ५०% सम्म छुटका साथ उपचार गराईने आयोजकले बताएको छ ।

Leave a Reply