आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । राष्ट्रिय प्राकृतिक श्राेत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान वितरण गर्न सिफारिस गरेको छ ।
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना सर्त तल्लो सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न सक्ने अनुदानका रुपमा पठाउने वित्तिय समानीकरण अनुदान पठाएको छ ।
सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तहहरु रहेका छन् । जिल्लामा तिन नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । यी मध्ये कुन पालिकाले कति अनुदान पाए त ?
सिन्धुपाल्चोकमा सबैभन्दा बढी अनुदान चौतारा नगरपालिकाले पाउनेछ । चौताराले १८ करोड २४ लाख पाउने भएको छ । मेलम्ची नगरपालिकाले १७ करोड ८५ लाख पाउने भएको छ भने बाह्रविसे नगरपालिकाले १२ करोड ८९ लाख संघिय अनुदान पाउने भएको छ ।
जिल्लामा रहेका ९ वटा गाँउपालिकामध्ये ईन्द्रावती गाँउपालिकाले सबैभन्दा धेरै अनुदान पाउने भएको छ । ईन्द्रावतीले १३ करोड ७२ लाख पाउने भएको छ । पाँचपोखरी थाङ्पाल गाँउपालिकाले ११ करोड ४४ लाख पाउने भएको छ । बलेफी गाँउपालिकाले ११ करोड १८ लाख पाउने भएको छ । जुगल गाँउपालिकाले ११ करोड १३ लाख पाउने भएको छ ।
भोटेकोशि गाँउपालिकाले ११ करोड १२ लाख पाउने भएको छ । हेलम्बु गाँउपालिकाले ११ करोड १२ लाख पाउने भएको छ । हेलम्बु र भोटेकोशिले समान अनुदान पाएका छन् । सुनकोशि गाँउपालिकाले १० करोड ५० लाख पाउने भएको छ । लिसंखु पाखर गाँउपालिकाले ९ करोड ८६ लाख पाउने भएको छ भने त्रिपुरा सुन्दरी गाँउपालिकाले ८ करोड ९९ लाख पाउने भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाले आगामि आर्थीक वर्ष संघिय अनुदान वापत कुल १ अर्व ४८ करोड ४० लाख पाउने भएका छन् ।
पालिकाले पाएकाे अनुदानकाे तालीका :
