उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय स्थापना गरि आज उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची बजारमा कार्यालयको उद्घाटन गर्नुुुभएकाे हाे ।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख तामाङले उपभोक्ता हित संरक्षण मञ्च र नगरपालिका विच सँधै समन्वय रहेको बताउनुभयाे । उहाँले उपभोक्ता हित संरक्षण मन्चलाई प्रत्येक बर्ष केहिमात्रामा भएपनि बजेटको व्यवस्थापन गर्दै आइरहेको जानकारी दिनुभयाे । तामाङले उपभोग्य सामान बजारीकरण गरेर नागरिकलाई स्वस्थ्य राख्नु नगरको उदेश्य रहेको बताउनुभयाे । प्रमुख तामाङले यहाँ उत्पादन भएका भएका बस्तुहरुलाई बजारिकरणका लागि नगरपालिकाले नीति बनाएर अगाडी बड्ने जानकारी दिनुभयाे ।
त्यस्तै उपप्रमुख उमा प्रधानले उपभोक्ता हित संरक्षण मञ्चले अहिले सम्म सबैको मन जित्ने काम गर्दै आएको बताउनुभयाे । उहाँले आगामि दिनमा पनि नागरिकसँग प्रत्यक्ष सम्बन्धित काम भएका कारण यसले अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
मञ्चका केन्द्रिय अध्यक्ष ज्योति बानियाँले कार्यालय स्थापनाले काम गर्न सहज हुने बताउँदै मेलम्ची नगरपालिकासंग सहकार्य गरेर अझै काम गर्ने बताउनुभयाे । उपभोक्ताको बिषय र बजार व्यवस्थापनको जिम्मेवारी अतिनै महत्वपूर्ण काम रहेको बताउँदै संस्थाको कार्यलाई दिगो बनाउन लाग्न आग्रह गर्नुभयाे । उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीका अध्यक्ष सालीकराम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।