सांसद मोहन बस्नेतद्धारा तालामाराङ सिग्देलडाँडामा नव निर्मित गौखुरेश्वर महादेव मन्दिरको उद्‌घाटन

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, तालमाराङ । 
मेलम्ची नगरपालिका ६ तालामाराङ, सिग्देल डाँडामा नव निर्मित श्री गौखुरेश्वर महादेव मन्दिरको उद्वाटन गरिएको छ । आज महा शिवरात्रीको अवसर पारेर एक कार्यक्रमका बिच सांसद मोहन बहादुर बस्नेतले नव निर्मित मन्दिरको उद्घाटन गर्नुभएको हो । 


कार्यक्रमका प्रमुख अतिथी सांसद बस्नेतले निजि स्तरबाट निर्माण गरिएको महादेवको मन्दिर हिन्दु धर्मावलम्बीहरुको धर्म र आस्थाको प्रतीक भएको बताउनुभयो । साथै महाशिवरात्रिको शुभकामना आदानप्रदान गर्ने अवसर जुरेको भन्दै यो मायाको लागि सम्पूर्ण तेर्सेवासी तथा श्री गौखुरेश्वर महादेव मन्दिर निर्माण समिति प्रती आभार व्यक्त गर्नुभयो । यो एक महत्वपूर्ण काम भएकोले कुनै एक कामको आफूले पनि जिम्मा लिने उहाँले बताउनुभयो ।
मन्दिर निर्माण समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चक्रपाणी सिग्देलले सबैको साथ सहयोगले मन्दिर निर्माण सम्पन्न गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि बस्नेतद्वारा नवगठित मन्दिर संरक्षण समितिका पदाधिकारीलाई सपथग्रहण समेत गराइएको छ । 


कार्यक्रममा मन्दिर निर्माणार्थ १ आना ३ दाम जग्गा दान गर्नु हुर्ने देवी प्रसाद सिग्देल, १ लाख ५१ हजार १ सय ५१ नगद सहयोग गर्नुहुने समाजसेवी डा. गंगा दत्त नेपाल, १ लाख ११ हजार १ सय ११ नगद सहयोग गर्नुहुने शारदा अर्याल, मन्दिरको मूल घण्ट निर्माणको लागी सहयोग गर्नुहुने कृष्ण आचार्य, ६१ हजार नगद सहयोग गर्नुहुने सविन कुमार सिग्देल, ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग गर्नुहुने हरि प्रसाद आचार्य, घडेरी खार्न सहयोग गर्नुहुने देव बहादुर थापा र २६ हजार ५ नगद सहयोग गर्नुहुन गोपाल अर्याल लगायत साथै अन्य सहयोगिहरूलाई पनि सम्मान गरिएको छ ।

Leave a Reply