रेडियो मिसन ।
मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधीका लागी आयोजक र सिर्जनशिल युवा क्लब बिच प्रबिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा आज मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै आयोजकले सिर्जनशिल युवा क्लब सँगको फाइनल भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले फाइनलमा स्थान बनाएको थियो । आयोजकले मेलम्ची ७ लाई २५–२३ १८–२५ २५–२२ र २५–२० ले पराजित गर्दै फाइनल पुगेको हो ।
अब आयोजक खेल समिती सँग पराजित भएको मेलम्ची ७ ले नमुना युवा जागरण सँग तेस्रो स्थानको लागी खेल्ने छ ।
जलवाई देवी माबिको प्रांगणमा सोमबार देखि सुरु भएको प्रतियोगिताको वडा अध्यक्ष जितबहादुर तामाङले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उप प्रमुख उमा प्रधानको बिशेष आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ ।
जिल्ला स्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिती मेलम्ची ८ को आयोजनामा भइरहेको प्रतियोगितामा १७ टिम सहभागि भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, द्वितीय हुनेले ६० हजार तृतीय हुनेले ३० हजार र सान्त्वना हुने टोलीले १५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र पाउने आयोजक जिल्ला स्तरिय भलिवल प्रतियोगिता सञ्चालन समितिका कृष्ण तामाङले बताउनुभयो । उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण–पत्र रहेको आयोजकले जनाएको छ ।