महिला अधिकार सुनिश्चित गर्ने माओवादीले नै हो : पूर्व मन्त्री दुलाल

# राजनीति समाचार सिन्धुपाल्चोक

रेडियो मिसन

वाग्मती प्रदेश सरकारको पूर्व सामाजिक बिकास मन्त्री युवराज दुलालले राजनीतिक रुपमा महिलाको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरपालिका कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रम दुलालको सो कुरा बताउनुभएको हो । उहाँले महिलाहरुलाई आत्मनिर्भरता ,नेतृत्वदायी , सृजनसिल र सामाजिक भूमिकामा जोड दिन आग्रह गर्नुभएको छ ।

हालसम्म प्राप्त अधिकार व्यवहारीक रुममा कार्यन्वयन गर्न पार्टीले बिधानमा नै ३५ प्रतिशत महिला अनिवार्य गरेको छ । महिला बर्गको हकअधिकारको रक्षा र सन्तुलन अनेमसंघ(क्रान्तिकारी) ले गर्नुपर्ने यहाँले बताउनुभएको छ । त्यो सबैको माओवादी केन्द्रले अविभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका बिशेस अतिथि जिल्ला पार्टी संयोजक गोबिन्द पराजुलीले पुरुषको भन्दा सामाजिक रुपमा महिलाको विस्वास बढी हुने उल्लेख गर्नुभयो । त्यसैले संगठनलाई ताकतिलो बनाउने काममा अग्रसर हुन आग्रह गर्नुभयो । केहि पार्टीबाट बाहिरीएकालाई इंगित गर्दै पराजुलीले माओबादी पार्टी अग्राखको ढोका भएको बताउदै बाहीर लागेको धमिरा टक्टक्याएर रंगरोकन गरेपछि झन् बलियो हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको निवर्तमान उपप्रमुख जानुका पराजुली र संघको जिल्ला अध्यक्ष अम्बिका नेपालले आवाज बिहिनहरुको आवाज बुलन्द पार्ने काम अनेमसंघ(क्रान्तिकारी) ले गर्ने बताउनुभयो ।

Leave a Reply