पूर्व सभामुख मुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देशलाई चौथो चरणको आन्दोलका आबस्यक परेको बताउनुभयाे । नेकपा माओवादी मेलम्ची नगरकाे तेस्राे अधिवेशन तथा खबरदारी सभामा उहाँले साे कुरा बताउनुभएकाे हाे । साेहि अवसरमा सहिद प्रतिष्ठान भवनकाे पनि उद्घाटन गरीएकाे छ ।
सरकारले चुनाव गराउँदा विशेष व्यक्तिले इतिहास बदल्ने र नेतृत्व लिने बताउनुभयाे । सिन्धुपाल्चोकको हरेक विपत्तिमा अध्यक्ष प्रचण्ड संलग्न रहेको र अब शान्तिपूर्वक आन्दोलन सुरु हुने र ७७ वटा जिल्लामा विशिष्ट भूमिका लिएर अगाडि बढ्ने सापकाेटाले बताउनुभयाे ।
सरकारमा भएका दुई ठुला दलहरूकाे सरकार आफ्नै कारणले सकिने उहाँको भनाई थियाे । अब शान्तिपुर्ण आन्दोलन सुरु हुने सापकाेटाकाे भनाई थियाे ।