नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघको जिल्ला अध्यक्षमा क्षेत्र बहादुर तामाङ मनोनित हुनुभएको छ ।
नेपाल तामाङ संघले राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र तामाङ एकताको लागि देशव्यापी रुपमा संगठन निर्माण र विस्तार गरिरहेको छ ।
देशभरिका तामाङ समुदायलाई राजनैतिक रुपमा संगठित र प्रशिक्षित गरि नेपाली काँग्रेसमा आवद्ध गराउँदै तामाङ आदिवासीको भाषा, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उदेश्यले क्षेत्रबहादुर तामाङ लाई नेपाल तामाङ संघको सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा मनोनयन गरीएको पत्रमा भनिएको छ ।
नेपाली काँग्रेसको नीति, सिद्धान्त र विचारलाई आत्मसात गर्दै नेपाल तामाङ संघको विधान २०८० बमोजिम कार्य सम्पादन गर्नेे विश्वासका साथ अध्यक्ष पदमा मनोनयन गरीएको पत्रमा भनिएको छ ।
साथै पत्र प्राप्त भएको मितिले ३ महिना भित्र जिल्ला कार्यसमितिलाई पूर्णता दिँदै संगठन बिस्तार गरी जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण लामा (इन्द्र) ले निर्देशन दिनुभएको छ ।