शिक्षाको गुणस्तर अभिवृद्धिको मागसहित नेविसंघको ज्ञापनपत्र

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
नेविसंघले शैक्षिक सुधारका विभिन्न मागसहितको १७ बुँँदे ज्ञापनपत्र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि बुझाएको छ । नेविसंघका केन्द्रीय प्रतिनिधि प्रविण कुमार कार्कीले पालिका अध्यक्ष टासि लामा समक्ष संघको तर्फबाट ज्ञापनपत्र बुझाउनुभएको हो ।
देशका ७५३ पालिकामै ज्ञापनपत्र बुझाउने नेविसंघको केन्द्रीय समितिले तय गरेको कार्यक्रम अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि ज्ञापनपत्र बुझाएको हो ।
नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभुत र माध्यमिक तहसम्मको बिद्यालय शिक्षाको गुणस्तर अभिवृद्दी एवं उन्नयन गर्ने मुल उदेश्य अन्तर्गत पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष समक्ष पालिकाभित्रको वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेविसंघ केन्द्रिय समितिले उठाएका मागका सम्बन्धमा ज्ञापन पत्र बुझाइएको कार्कीले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपालि कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सभापति, सचिब लगायतका नेताहरुको उपस्थिति थियो ।

Leave a Reply