पत्रकार महासंघलाई नागरिककाे अगुवा संस्था बनाउछाैँ : अध्यक्ष दंगाल

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चाेक जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष धुर्व दंगालले पत्रकार महासंघलाई नागरिककाे अगुवा संस्था बनाउने प्रतिवद्वता व्यक्त गर्नुभएकाे छ ।

ईन्द्रावती गाउँपालिकाकाे हिउँदे अधिवेशनकाे अवसरमा आयाेजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष दंगालले पत्रकारिता पेशालाई व्यवसायीक बनाउने बताउनुभयाे । पत्रकारकाे क्षमता अभिबृद्वि गर्ने विभिन्न तालिमकाे आयाेजना समेत गर्ने उहाँले बताउनुभयाे ।

पत्रकार महासंघ सबैकाे साथ सहयाेगमा अघि बढ्ने भन्दै गाउँपालिकाले पत्रकारकाे क्षमता अभिबृद्वि गर्नकाे लागि बजेट बिनियाेजन गर्नुपर्ने माग राख्नुभयाे । ‘आगामी आर्थिक बर्षमा पालिकाले के कस्ताे सहयाेग गर्न सक्छ, त्याे हामी अपेक्षा गर्छाैँ’, दंगालले भन्नुभयाे ।

Leave a Reply