रेडियो मिसन ।
मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल सुरु भएको छ । आजको पहिलो खेलमा मेलम्ची ६ र जुगल ४ बिच खेल भइरहेको छ ।
जलवाई देवी माबिको प्रांगणमा सोमबार देखि सुरु भएको प्रतियोगिताको वडा अध्यक्ष जितबहादुर तामाङले सोमबार उद्घाटन गर्नुभएको थियो । उद्घाटन खेलमा मेलम्ची ७ सेल्लेले बिजयी सुरुवात गरेको छ । सेल्लेले मेलम्ची ८ लाभगाउँलाई सोझो सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो । यो सँगै सोमबार पहिलो दिन आठ ओटा खेलहरु सम्पन्न भएका छन् ।
हिजो भएको अन्य खेलमा न्यू फेस युवा क्लब, नमुना युवा जागरण, मेलम्ची ७, बनकाली युवा समाज, सृजनशिल युवा क्लव, आयोजक ए र नमुना यसवा जागरण बिजयी भएका छन् । आज दोस्रो दिनको पहिलो खेलमा मेलम्ची ६ र जुगल ४ बिच अहिले केहिबोरमा सुरु हुने आयोजकले जनाएको छ । यी टोलीहरुले क्रमश आयोजक बि, हेलम्बु ४, जुगल ३, सिन्धु भ्याली, मेलम्ची ९, हेलम्बु ५ र जुगल ३ लाई पराजित गरेको हो । आज लिग चरणका बाँकी खेलहरु हुने आयोजकले जनाएको छ ।
जिल्ला स्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिती मेलम्ची ८ को आयोजनामा भइरहेको प्रतियोगितामा १७ टिम सहभागि भएको समितीका आकाश स्याङ्बोले जानकारी दिनुभयो । सहभागी टोलीलाई ४ समुहमा बिभाजन गरी खेलाईएको छ ।
बुधबार सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, द्वितीय हुनेले ६० हजार तृतीय हुनेले ३० हजार र सान्त्वना हुने टोलीले १५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र पाउने आयोजक जिल्ला स्तरिय भलिवल प्रतियोगिता सञ्चालन समितिका कृष्ण तामाङले बताउनुभयो । उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण–पत्र रहेको आयोजकले जनाएको छ ।