रेडियो मिसन ।
ढुंगाना प्रतिष्ठान नेपाल सिन्धुपाल्चोकको पहिलो साधारण सभा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फट्केस्वरमा सम्पन्न भएको छ ।
ढुंगाना प्रतिष्ठान नेपालका संरक्षक तथा पुर्व सभामुख दमननाथ ढुंगानाको प्रमुख आतिथ्यमा भएको भेलाले तिलक ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दमननाथ ढुंगानाले सम्पूर्ण ढुंगानाहरु राष्ट्रको सेवक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक निकायमा ढुंगानाहरुको प्रतिनिधित्व हुनेगरी आगामी दिनमा देशलाई सहयोग पुग्नेगरि काम गर्न सुझाउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष भिमानन्द ढुंगानाले प्रतिष्ठानले विगत देखी बर्तमान सम्म गरेका कामको बारेमा जानकारी दिदै आगामी दिनमा पनि एकजुट भएर देशब्यापि रुपमा सिमिति गठन गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले वंशावली निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकाले आवश्यक सहयोग गर्न समेत सम्पुर्णमा आह्वान गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय महिला उपाध्यक्ष सावित्री ढुंगाना, केन्द्रिय सचीव संजय ढुंगाना, बागमती प्रदेश बाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य रामसरण ढुंगाना, बागमती प्रदेशका अध्यक्ष देवेन्द्र ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तिलक ढुंगानाको अध्यक्षतामा भएको समितिको उपाध्यक्षमा बिष्णु ढुंगाना, सचीवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा शिवप्रसाद ढुंगाना निर्वाचित हुनुभएको निर्वाचन मण्डलका अध्यक्ष सरोज ढुंगानाले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा राजकुमार, अप्सरा, कविता, सुनिल, दिपिन, बिष्णु, सिताराम, कन्चन, पुस्प, चन्द्रप्रसाद र उद्द्व ढुंगाना रहनुभएको छ ।जेस्ठ सदस्य लिलानाथ ढुंगानाको सभापतित्वोमा सप्पन्न कार्यक्रम शिवप्रसाद ढुंगानाले संचालन गर्नुभएको थियो ।