बलेफीका जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

बलेफी गाउँपालिकाले आफ्ना   जनप्रतिनिधि तथा  कर्मचारीका छाेरा छाेरीलाई सामुदायिक विद्यालयमा नै पठन पाठन गराउन परिपत्र जारी गरेकाे छ ।

२०८० बैशाख २५ गतेकाे कार्यपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छाेरा छाेरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने निर्णय गरेकाे थियाे ।

सामुदायिक विद्यालयमा सबैकाे समान पहुँच , सहभागिता तथा अपनत्व वाेध गराई विद्यालयकाे शैक्षिक , भाैतिक तथा व्यवस्थापकीय गुणस्तर सुनिश्चित गर्न यसखालकाे निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बताउनुभयाे ।

आम  जनताको सामुदायिक विद्यालय प्रतिकाे विश्वास अभिवृद्धिका लागि  याे निर्णय गरिएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

गत वर्षनै यस खालकाे निर्णय गरिएको भए पनि कार्यान्वयनमा आउन सकेकाे थिएन। तर यस वर्ष देखि याे निर्णय अनिबार्य कार्यान्वयनमा ल्याईने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयाे ।

Leave a Reply