मेलम्ची १० का नारीकलाई घरमै सामाजिक शुरक्षा भत्ता

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची । 
मेलम्ची नगरपालिका वडा नम्बर १० ले घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा वासि नागरीकको सहजतालाई मध्यनजर गर्दै भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो ।

पहीला बैंकसम्म जाँदा धेरै हैरानि र सास्ति व्यहोर्नु परेको स्थानिय धनकुमारी पराजुलिले बताउनुभयो । अहिले वडाले घरमा नै आएर भत्ता दिदाँ खुसि लागेको उहाँले बताउनुभयो । वडाले बैंकसंग सहकार्य गरेर शाखा रहीत बैंक सेवा सुरु गरेपछी नागरीकमा यस्तो खुसि आएको हो ।

बैंक आफैं जाने वा बैंकले तोकेको अभिकर्ता मार्फत यो सेवा लिन सकिने छ । यसो गर्दा नागरीकलाई सहज हुने र बैंकमा पनि चाप घट्ने वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । बैंकमा गएर पनि लाईन बस्नुपर्ने समस्याले नागरीकहरु हैरानि खेपिरहेका छन् । बिहान जाँदा बेलुकासम्म लाग्ने र सास्ती पनि हुने स्थानिय लिलाकुमारी अधिकारीले बताउनुभयो । पहीला छोरानातीको सहयोग लिनुपर्ने तर अहीले आफ्नै हातमा आईपुगेको उहाँले बताउनुभयो ।

वडा तहको सरकारले गरेको पहले आफुलाई सहज भएको स्थानिय यज्ञ बहादुर पराजुलिले बताउनुभयो । पुर्ण अपाङ्गता परीचयपत्र हुनुभएका पराजुलिलाई बैंकसम्म जान पनि समस्या हुने गरेको थियो । अहलिे घरमै पुगेर भत्ता पाँउदा गर्व लागेको उहाँले बताउनुभयो । पहीला अरुको सहाना विना भत्ता प्राप्त नहुनेमा अहीले आफ्नै घरमा आफ्नै हातमा भत्ता आईपुगेको उहाँले बताउनुभएको छ ।

लक्ष्मी बैङ्कको बैङ्किङ प्रणालीबाट वडा नम्बर १० का लागि अभिकर्ताको रुपमा कार्की किराना पसललाई सहजिकरणको जिम्मा दिईएको छ । घरमा पुगेर वितरण गरीसकेपछी बैंकले अभिकर्ताका् खातामा पैशा जम्मा गरीदीने अभिकर्ता दीपेन्द्र कार्कीले बताउनुभयो । वडाले पहल गरीसकेपछी बैंकले गरेको सहजीकरणले वडा नम्बर १० का नागरीक लाभान्वित भएका छन् । 

वडाभरीका सामाजिक शुरक्षा भत्ताा लिनेहरुमा खुसी छाएको वडा अध्यक्ष खनालले बताउनुभयो । यो कामले आफुमा पनि आत्मसन्तुष्टी भएको उहाँले बताउनुभयो । बैंकसम्म जाँदा असहज भएको र दुख देख्न नसकेर यो कामको सुरुवात गरेको उहाँले बताउनुभयो ।

Leave a Reply