शैक्षिक सुधारका लागि इन्द्रावतीका १० विद्यालयको प्रधानाध्यापक फेर्ने तयारी

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि इन्द्रावती गाउँपालिकाले १० वटा माध्यमिक विद्यालयको प्रधानाध्यापक फेर्ने तयारी गरेको छ । आज एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले प्रधानाध्यापक फेर्ने तयारी गरेको जानकारी गराएको छ । 


इन्द्रावती गाउँपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट तथा नियुक्ती सम्बन्धी कार्यविधि, २०८० बमोजिम सामुदायिक माध्यमिक विद्यालयमा सम्बन्धित विद्यालय भित्रका शिक्षकहरुबाट प्रधानाध्यापक पदमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तीको तयारी गरीएको हो । 


प्रधानाध्यापक नियुक्तीका लागि सोहि कार्यविधिको परिच्छेद २ दफा ४ र ६ बमोजिम आवश्यक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने बताईएको छ । सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित ईन्द्रावती गाउँपालिकाको कार्यालयमा दरखास्त दिन गाउँपालिकाले अनुरोध गरेको छ । 


पहीलो चरणमा पालिकामा रहेका माध्यमिक विद्यालयहरुमा प्रधानाध्यापक फेर्ने तयारी भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिन बहादुर धामिले जानकारी दिनुभयो । पालिकामा १२ वटा माध्यमिक विद्यालय रहेकोमा श्री ऐसेलुखर्क माध्यमिक विद्यालय र श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकको पदावधी बाँकी रहेको शाखा प्रमुख धामिले जानकारी दिनुभयो । पहीलो चरणमा माध्यमिक विद्यालयहरुको प्रधानाध्यापक छनौट गरी क्रमश आधारभूत विद्यालयहरुमा पनि यो प्रक्रिया जारी रहने उहाँले जानकारी दिनुभयो । 

Leave a Reply