हेलम्बुलाई हाई अल्टिच्युड ट्रेनिङ सेन्टरकाे रूपमा चिनाँउछाैं : अध्यक्ष शेर्पा 

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकालाई हाई अल्टिच्युड ट्रेडिङ सेन्टरकाे रूपमा विकास गर्ने गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयाे । हेलम्बुमा हुन गईरहेकाे हाई अल्टिच्युड महिला/ पुरूष भलिबल प्रतियाेगिताकाे अवसरमा आयाेजित पत्रकार सम्मेलनमा शेर्पाले साे कुरा बताउनुभएकाे हाे । 

खेलकाे कार्यक्रमहरू धेरै ठाँउमा भएकाे तर हाई अल्टिच्युडमा नभएकाले खेलकाे विकास तथा पर्यटन प्रवद्वनमा टेवा पुर्याउनकाे लागि आयाेजना गरीएकाे अध्यक्ष शेर्पाकाे भनाई छ । विषेशगरी खाडि मुलुकबाट युरोपेली मुलुकमा तालिममा जाने खेलाडीलाई हेलम्बुमा ल्याउन सके हेलम्बुले मात्र नभई देशकै अर्थतन्त्रमा टेवा पुग्ने उहाँले बताउनुभयाे । भलिबल मात्रै नभई सबै खेलकाे तालिम केन्द्र बनाउन सकिने सम्भावना रहेकाेले बिस्तारै अरू खेलहरू पनि खेलाउँदै जाने अध्यक्ष शेर्पाले बताउनुभयाे । खेल खेल्ने क्रममा खेलाडीलाई चाेटपटक लागेमा उद्वार तथा उपचार गर्न सहज हुने भएकाले पनि हेलम्बु उययुक्त उहाँले बताउनुभयाे । खेलमैदान निर्माणका लागि पालिकासंग पर्याप्त

बजेट नभएपनि सुरूवात गर्दै जाँदा प्रदेश सरकार तथा संघिय सरकारकाे ध्यान केन्द्रीत गराउन सकिने उहाँले बताउनुभयाे ।

२६०० मिटर उचाईमा रहेकाे बेयुल खेलमैदानमा प्रतियोगिता हुन लागेकाे हाे। हाई अल्टीच्युड प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरूष र महिला भलिबल प्रतियाेगिता २०८० पुरूष तर्फ २३ गतेदेखि २६ गतेसम्म र महिलातर्फ २७ देखि ३० गतेसम्म खेल चल्ने छ । 

खेलाडीहरूकाे लागि शेर्माथाङ्गमा रहेका हाेटल तथा हाेमस्टेमा बसाई व्यावस्थापन गरेकाे आयाेजकले जानकारी दिएकाे छ । खेलाडिहरूकाे व्यावस्थापन सम्बन्धित पालिकाले गर्नुपर्ने आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगितामा प्रथम हुने महिला तथा पुरूष तर्फ ३ लाख, द्वितीय हुने महिला/ पुरूष ले १ लाख ५० हजा,, तृतिय हुने महिला/ पुरूषले ७५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छ । १९ गतेसम्म टिम दर्ताकाे समय रहेकाे छ । प्रतियोगितामा काठमाडौं र भरतपुर महानगर पनि खेल खेल्न आउने तयारीमा रहेकाे आयाेजकले जानकारी दिएकाे छ । 

खेलकाे क्रममा खेलाडीलाई गम्भीर चाेट लागेमा आयाेजकले उद्वार तथा  उपचारमा सहयाेग गर्ने छ  । धार्मिक तथा पर्यटकीय रूपमा पनि अध्ययन अवलाेकनकाे अवसर रहेकाेले आन्तरीक तथा बाह्य पर्यटकलाई हेलम्बु आउन आयाेजकले अनुराेध गरेकाे छ । 

प्रतियोगिताकाे आयाेजक हेलम्बु गाउँपालिका रहेकाे छ भने सह-आयाेजक जष्ट नेपाल फाउन्डेसन रहेकाे छ । पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, वडा नम्बर २ का अध्यक्ष पेम्बा लामा,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धनध्वज लामा,  सामाजिक विकास समिति संयाेजक तथा प्रतियाेगिता संयाेजक छिरीङ लामा ह्याेल्माे, शिक्षा युवा तथा खेलकुद शाखा संयाेजक भिम कार्कि लगायतकाे सहभागिता रहेकाे थियाे । 

Leave a Reply