रेडियो मिसन ।
बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । वडाध्यक्ष रविलाई आज विहान ढाडेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
वडाध्यक्ष रवि उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ३ दिन र ९ लाख ९० हजार जरिवाना सजायँ भई फरार रहेका थिए ।
पक्राउ परेका उनलाई आजै सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको डिएसपी भट्टराईले बताउनुभयो ।