बुहारीको कुटाईबाट ससुराको मृत्यु

* # अपराध पालीका खबर समाज सिन्धुपाल्चोक

रेडियो मिसन


सिन्धुपाल्चोकको हेलम्बुमा बुहारीको कुटाईबाट ससुराको ज्यान गएको छ । घरायसि विवादमा काठको चिर्पटले हिकांउदा ८० बर्षिय कामीढीण्डु लामाको ज्यान गएको ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सीनाले जानकारी दीनुभयो ।


हेलम्बु गाँउपालीकाको वडा नम्बर १ को गोवागाङ बस्ने ८० बर्षिय कामीढिण्डु लामालाई निजकै बुहारी बर्ष २३ की रीता तामाङले घरायसी विषयमा वादविवाद हुंदा काठको चिर्पटले कामीढिण्डु लामालाई टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि गम्भिर घाईते बनाएको उपचारको क्रममा आज स्थानिय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको प्रहरी निरीक्षक तिमिल्सीनाले जानकारी दीनुभयो ।


कुटपिट गर्ने बुहारी रीता तामाङ हाल प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उहाँले बताउनुभयो ।

Leave a Reply