रेडियो मिसन ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ कोे सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको क्रममा उठेका सवालहरूको जवाफ दिंदै नगर प्रमुख आईतमान तामाङले समृद्ध नगर बनाउन आफुहरू लागिरहेको बताउनुभयो । नितिगत तथा सैद्धान्तिक रूपमा निर्णय गराई शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार लगाएतका काम गर्नुका साथै सम्भावित ठाँउको पहिचान गरि रोजगारी सृजना गर्नतर्फ लागरहेको बताउनुभयो ।
वडा अध्यक्ष किरण दिप खड्काले वडा तहमा रहि केही नंया र फरक काम गरीरहेको बताउनुभयो । योजनाहरूको अनुगमनलाई तिब्रता दिई गुणस्तरीय काम गराउन लागिरहेको बताउनुभयो ।
मेलम्ची नगरपालिकाको सुशासन, जबाफदेहीता र पारदर्शिताको अवधारणा अनुरूप हरेक वर्ष वडा गत र पालिका स्तरीय सार्वजनिक सुनुवाई हुँदै आएको छ । वडा नम्बर ९ को कार्यालयबाट हालसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाहको विषयमा छलफल गरिएको हो ।