मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङ बाढी निरीक्षणमा जानुभएको छ । अविरल बर्षका कारण आएको कारण नगरपालीकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
खोलाम पानीको वहाव बढेसंगै मेलम्ची ११ सिमखेतमा बाटो वरुद्ध भएको छ । निरन्तरको बर्षका कारण खोलाको पानीको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा अहिले सडकमा नै खोला बगेको छ । मेलम्ची नगरपालीकाको वडा नम्बर ११ मा रहेको सिमखेतमा बाटो अवरुद्ध हुंदा हेलम्बु मेलम्ची आवतजावत बन्द भएको छ ।
खहरे खोताहरुमा पनि पानीको वहाव बढेकाले मेलम्ची र ईन्द्रावती नदीमा जलसतह बढेको छ । बर्षत नरोकीएको हुनाले पुर्वसुचना लीएर मात्र घर बाहीर निस्कीन प्रहरी निरीक्षक पमुख तामाङले आग्रह गर्नुभएको छ । पानीको वहाव घट्ने वित्तीकै बन्द भएका बाटोहरु खुलाउने नगर प्रमुख तामाङले बताउनुभएको छ ।
सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएकाले सो क्षेत्र भइ बहने स– साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्रहरू तथा पहिरो जान सक्ने भिरालो जमिनहरूमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ ।