मेलम्ची l
“विश्व शान्तिका लागि समुन्नत समाज”भन्ने मुल नाराका साथ मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाकाे आयाेजना,नगरस्तरिय सामुदायिक मेलमिलाप केन्द्र काे समन्वय र प्राकृतिक स्राेत द्वन्द्व रूपान्तरण केन्द्रकाे सहजिकरणमा फागुन २४ गते देखि चैत १ गते सम्म चल्ने तालिमको मेलम्ची नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयाेजक उमा प्रधानको अध्यक्षतामा आज मेलम्चीमा शुभारम्भ भएकाे हो ।
कार्यक्रममा बाेल्दै उपप्रमुख ज्युले आठदिवसिय तालिम प्राप्त गरि प्रशिक्षण प्रशिक्षक बनि भावि दिनमा आफ्नाे जीवनमा उपयाेग गर्दै याे पेशालाई निरन्तरता दिई जीविकाेपार्जनमा समेत सहज हुने बताउउनुभयो । याे प्रशिक्षण प्रशिक्षण तालिम प्रथम पटक मेलम्ची नगरपालिकाले सञ्चालन गर्न लागेकाे र मेलम्ची नगरपालिकालाई सभ्य समाज निर्माणमा इट्टा थप्न यहाँहरूकाे ठुलाे हात हुने र मेलम्ची नगरपालिका न्यायिक समितिलाई समेत सहज हुने उहाँले बताउनुभयाे ।
प्रशिक्षण तालिममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडा बाट २० जना सहभागी रहेका छन । तालिमको पहिलो दिन प्राकृति श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका वरिष्ठ कार्यक्रम अधिकृत दिपक राज भट्ट र प्राकृति श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका मध्य क्षेत्रको संयोजक गिता मानन्धरले प्रशिक्षण गराउनु हुने मेलम्ची नगरपालिकाका न्यायिक समिती सहजकर्ता अस्मिता अर्यालले जानकारी दिनुभयो ।

