रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । वाइसियल नेपालको फ्राक्सन इन्चार्ज एबम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा) वाइसियलका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य चिरञ्जीवी आचार्य लगायतको उपस्थितीमा प्रतियोगिताको शुभारम्भ भएको हो ।
खेल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वाइसीएल फ्याक्सन इन्चार्ज सापकोटाले खेलर खेलाडीनै अहिले देशलाई खुशी बनाइरहेको बताउनुभयो । उहाँले अब राजनीतिक पनि सुधार हुँदै देश विकास हुने बताउनुभयो । उहाँले बिश्वकप क्रीकेटलाई ध्यान दिदै सरकारले बजेट बिनियोजन गरेको बताउनुभयो । वाइसीएलका बरिस्ठ उपाध्यक्ष गुरुङले यस खेलबाट प्रदेश, हुँदै राष्ट्रिय खेलाडीको रुपमा स्थापित हुने बिश्वास ब्यक्त गर्नुभयो । वडा नम्बर ७ का अध्यक्ष रबिन्द्रकुमार खातीले भलिवल प्रतियोगीताले खेलाडी उत्पादनमा सहयोगी भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले शुभकामना ब्यक्त गर्नुभयो ।
त्यस्तै वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्रबहादुर दनुवार, वडा नम्बर ८ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नम्बर २ का श्यामबहादुर गीरी लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन खेलमा इन्द्रावती वडा नम्बर ७ रातोले बिजयी भएको छ । उसले वडा नम्बर १२ लाई पराजित गर्नै बिजयी सुरुवात गरेको हो । आज भएको अर्को खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई पराजित गरेको छ ।
युवा तथा खेलकुद विकास समिती इन्द्रावती –७ को आयोजनामा राजेश्वरी स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा पालिकाका भित्रका ९ ओटा टिमको सहभागीता रहेको वडा खेल विकास समितिका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिता २६ गते सम्म चल्ने छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ४० हजार, द्धितिय हुनेले २० हजार र तृतिय हुनेले १० हजार रुपैया प्राप्त गर्ने खेल संयोजक तथा वडा सदस्य तिर्थ बहादुर तामाङले जानकारी दिनुभयो । त्यस्तै बिधागत तर्फ उत्कृष्ट खेलाडी लाई पाँच हजार उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेंटर उत्कृष्ट लिब्रो उत्कृष्ट स्पाइकर उत्कृष्ट प्रशिक्षकलाई समान दुई दुई हजार सहित ट्रफी र प्रमाण–पत्रद्धारा सम्मान गरिने पनि उहाँले जानकरी दिनुभयो ।