सिन्धुपाल्चोक २ को प्रदेश (क) मा दुलाल विजयी

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मंसिर ८
सिन्धुपाल्चोाकको प्रतिनिधि सभा २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल शरद विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेद्वार अमानसिं तामाङलाई पराजीत गर्दै दुलालले जित निकाल्नुभएको हो ।

माओवादीका दुलालले २० हजार ९०६ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका तामाङले १३ हजार ३९६ मत पाउनुभएको छ । राप्रपाका बाबुराम खड्काले २ हजार ३३३ मत ल्याएर तेस्रो हुनुभएको छ ।

माओवादी केन्द्र पार्टी छाडेर एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसीं तामाङलाई एमालेले उम्मेद्वार बनाएको थियो ।

Leave a Reply