सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्कीको उद्घाटन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
ईन्द्रावती ५ सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्की निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको ११ लाख बजेट र स्थानीय जन श्रमदानबाट निर्मित उक्त सिँचाइ ट्याङ्कीको आज मंगलबार पालिका उपाध्यक्ष शोभना तामाङ र वडाध्यक्ष शशिनाथ आचार्यले संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

वडाको सुर्यकोट स्थित भुलभुले सिँचाइ ट्याङ्की बाट उक्त क्षेत्रको करिब ५०० रोपनी जग्गामा एकैपटक सिँचाइ हुनसक्ने प्राविधिकले बताएका छन् । यसबाट वडाका कृषकरुलाई उत्पादन बढाउन ठूलो सहयोग पुग्ने वडाको विश्वास छ ।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष शोभना तामाङ, वडाध्यक्ष शशिनाथ आचार्यका साथै कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, पालिका स्तरीय अनुगमन समितिका कर्मचारी र स्थानीय उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply