रेडियो मिसन ।
काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणमा आज इन्द्रावती गाउँपालिका र भोटेचौर स्पोर्टस क्लबले जित हात पारेको छ ।
आजको पहिलो खेलमा द माइटी साँगाचोकलाई ८ विकेटले पराजित गर्दै इन्द्रावतीले पहिलो जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्याय गरेको साँगाचोकले १५ दशमलव ४ ओभरमा अल आउट हुँदै ६६ रन बनाएको थियो । उसले अतिरिक्त २७ रन समेत गरि ६६ रन बनाएको हो । साँगाचोकका लागी सागर तिमल्सिनाले १६ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ इन्द्रावतीका चन्द्रकान्त पौडेलले ४ विकेट हात पार्नुभयो । त्यस्तै समन चौलागाई सुसन चौलागाई र निशान भारतीले समान २ २ वीकेट चड्काउनुभयो । ६७ रनको बिजयी लक्ष्य सहित मैदान उत्रिएको इन्द्रावतीले आठ दशमलव २ ओभरमा दुई विकेट गुमाएर ६८ बनाएर जित हात पारेको हो ।
इन्द्रावतीका उमंग धितालले ३७ र चन्द्रकान्त पौडेलले २५ रन बनाउनुभयो । बलिङतर्फ संगचोकका सबिन गिरीले दुई केट हात पार्नुभयो । बलिङतर्फ ४ विकेट र ब्याटिङमा २५ रन बनाउनुभएका चन्द्रकान्त पौडेल यस खेलको म्यान अफ द म्याच घोषित हुनुभयो ।
दोस्रो खेलमा भोटेचौर स्पोर्टस क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ६ वीकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
पाँचपोखरीका पासाङ तामाङले ५१ रनको अर्धसतकिय पारी खेल्नुभयो । त्यस्तै राजुलामाले नट आउट ४४ रन तथा आरिया तामाङले १५ र कर्मा तामाङले १० रन बनाउनुभयो । बलिङतर्फ भोटेचौरका राजिभ चौँलागाईले २ राजेश चौँलागाई, दुर्गेश थापा र अरुण चौँलागाईले समान १ १ विकेट लिनुभयो ।
१४२ रनको बिजयी लक्ष्य भोटेचौरले ४ बल बाँकी छँदै मात्र ४ वीकेट गुमाएर पुरा गर्यौ । भोटेचौरलाई जिताउन दुर्गेश थापाले १०१ रनको सतकीय पारी खेल्नुभयो । उहाँले ६५ बलमा १५ चौका र २ छक्का प्रहार गर्दै १०१ रनमा नटआउट रहनुभयो । त्यस्तै अरुण चौलागाईले २० रन बनाउनुभयो । बलिङ तर्फ पाँचपोखरीका कर्मा तामाङ र करण तामाङले १ १ वीकेट लिनुभयो । प्रतियोगितामै पहिलो शतक बनाउनुभएका दुर्गेश थापा यस खेलको म्यान अफ द म्याच घोषित हुनुभयो ।