इन्द्रावती ७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका वडा नम्बर ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रावती गाउँपालिकाको सुशासन, जबाफदेहीता र पारदर्शिताको अवधारणा अनुरूप हरेक वर्ष वडा गत र पालिका स्तरीय सार्वजनिक सुनुवाई हुँदै आएको छ । वडा नम्बर ७ को कार्यालयबाट हालसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाहको विषयमा छलफल गरिएको हो ।

छलफलको क्रममा वडाका स्थानीयले योजना सम्झौतामा ढिलाई भएको, प्रमुख आवस्यकता पूरा हुनेगरि योजना छनोट हुनुपर्ने, वडामा सिसि क्यामेरा राख्नुपर्ने बाटाे निर्माण गर्दा अरु संरचनाकाे शुरक्षा गर्नुपर्ने लगाएतका लगाएतका सवालहरु उठेका थिए। साथै लक्षित वर्ग र शिक्षा क्षेत्रका कार्यक्रमहरु आउनुपर्नेमा जोड दिएका छन् ।


जवाफ दिने क्रममा वडा अध्यक्ष रविन्द्र कुमार खातिले योजनाको अघिल्लाे बर्षकाे तुलनामा ढिलाई भएको जानकारी बताउनुभयो । आर्थिक बर्षको अन्तिमसम्म सबै योजना सम्पन्न हुनेगरि काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । वडामा भइरहेका अरु विकास निर्माणकाे विषयमा सम्बन्धित निकाएसँग निरन्तर सम्पर्कमा रही बिग्रिएका अरु संरचनाकाे बचाउ गर्ने उहाँले बताउनुभयाे । साथै याेजना छनाैटमा प्राथमिकता हेरेर काम गरीरहेकाे उहाँकाे भनाइ थियाे । साथै बजार क्षेत्रकाे शुरक्षाका लागि सिसि क्यामेरा राख्ने उहाँले प्रतिबद्दता जनाउनुभयाे ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा (१३ गते आईतबार) सार्वजनिक सुनवाई कार्यक्रम गरिने रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले जानकारी दिनुभयो ।

Leave a Reply