इन्द्रावती २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका वडा नम्बर २ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । 


आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 


इन्द्रावती गाउँपालिकाको सुशासन, जबाफदेहीता र पारदर्शिताको अवधारणा अनुरूप हरेक वर्ष वडा गत र पालिका स्तरीय सार्वजनिक सुनुवाई हुँदै आएको छ । वडा नम्बर २ को कार्यालयबाट हालसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाहको विषयमा छलफल गरिएको हो । 


छलफलको क्रममा वडाका स्थानीयले राखेका समस्या, गुनासो तथा सुझावहरूको विषयमा छलफल भएको थियो । जवाफ दिने क्रममा वडा अध्यक्ष श्याम बहादुर गिरीले वडा गत रुपमा भएगरेको कामहरुले गति लिइरहेको जानकारी दिनुभयो । वडाले पालिका, प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा वडा गत भौतिक संरचना लगायत आवश्यकताहरू पुरा गर्ने चरणमा रहेको जानकारी दिनुभयो । वडा बासिको समस्या समाधानका लागि आफू लागिरहेको बताउनुभयो । आगामी दीनमा पनि वडा बासिको समस्या समाधानमा हरपल लागिरहने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

वडा नम्बर २ द्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम रेडियो मिसन १०५.३ मेगाहर्जले सहजिकरण गरेको हो भने इन्द्रावती गाउँपालिकाले आर्थीक सहयोग गरेको हो ।


इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा (भोलि फागुन १० गते) सार्वजनिक सुनुवाई कार्यक्रम गरिने रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले जानकारी दिनुभयो । 

Leave a Reply