पाँचपोखरी थाङ्पाल गाउँपालिका रैथानेमा निर्मित शिव मूर्तीको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अनावरण गर्नुभएको छ । राम श्रेष्ठको ब्यक्तिगत लगानीमा निर्मित शिवको मुर्ति, मायाको चिनो, बिश्राम स्थल, सति प्रथाको प्रतिमा लगायतको मन्त्रि बस्नेतले अनावरण गर्नुभएको हो ।
श्री रैथानेश्वर महादेव कैलाश संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा मन्त्री बस्नेतले हाल अमेरिकामा रहेर पनि पाँचपोखरी लगायतको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै राम श्रेष्ठलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि विकास निमार्ण लगायत यस क्षेत्रको सामाजिक काममा निरन्तर समन्वय र सहकार्य गर्ने बताउनुभयोे ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ रैथानेश्वर महादेव मन्दिरमा निमार्ण भएको विभिन्न संरचनाको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत, वडा नम्बर ४ का वडा अध्यक्ष कुलबहादुर बस्नेत, वरिष्ठ तान्त्रीक तथा ज्योतिष पंण्डित डाक्टर पदवाकर शर्मा, नायव बडागुरु प्राध्यापक डाक्टर माधव भट्टराई लगायको उपस्थिती रहेको समन्वयकर्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।