राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन सिन्धुपाल्चोकको कार्यसमिति बैठक सम्पन्न, फाल्गुन २७ मा शपथ ग्रहण गर्ने निर्णय

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन सिन्धुपाल्चोक जिल्ला कार्यसमिति पदाधिकारी बैठक सम्पन्न भएको छ । सङ्गठनका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ६ वटा एजेन्डा प्रस्तुत गर्दै साङ्गठनिक निर्णय गरेको जिल्ला कार्य समिति सचिव सरोज केसीले जानकारी दिनुभयो ।
९ जना उपस्थित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले शुभ मिलन शुभ अङ्क ९ जना उपस्थित हुनु एक शुभ सङ्केत रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक जिल्लाको राजनैतिक चर्चा परिचर्चा गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी सँग स्पष्ट नीति विचार र सिद्धान्त सहितको पार्टी भएको उहाँको भनाई थियो ।
विचार, दृष्टिकोण आम जनताको आकर्षण र भरोसा सबै भए पनि मजबुत साङ्गठनिक संरचना नभएको बताउँदै साङ्गठनिक संरचना निर्माणमा विश्वास सहित जुट्ने बताउनुभयो ।
साथै आजको बैठकबाट महत्त्वपूर्ण निर्णय पारित गरी यही फाल्गुन २७ गते जिल्ला कार्य समितिको विस्तारित बैठक बसी नयाँ कार्यसमितिका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम तय गरेको जिल्ला सचिव सरोज केसीले जानकारी दिनुभयो ।

Leave a Reply