रेडियो मिसन ।
राष्ट्रिय बाल दिवस नवलपुर भ्याली स्कुलले बिशेष कार्यक्रम गरी मनाएको छ । स्कुलले र्याली सहित बिबिध साँस्कृकि कार्यक्रम तथा पुरष्कार बितरण गरी मनाएको हो । बिद्यालयले बालमैत्री शासन बाल अधिकारको सम्मान, बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी लगायतका प्लेकार्ड सहित बिद्यालय देखी गाउँपालिका भवनसम्म र्याली निकालिएको थियो ।
बिद्यार्थी शिक्षक अबिभावक लगायतको सहभागी र्याली पश्चात बिद्यालयमा इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी तामाङले शिक्षाको बिकाश बाटै सामाजिक बिकाश हुने बताउँदै वडा शैक्षिक बिकाशको पक्षमा रहेको बताउनुभयो ।
साथै बिद्यालयहरुको लागी वडाले दिनुपर्ने साथ र सहयोगको लागी सँधै तत्पर रहेको र त्यसका लागी वडामा छलफल गरी बिद्यालय सँग सल्लहा गर्ने बताउनुभयो । शैक्षिक गुणस्तरका लागी वडामा निजि बिद्यालयको सुरुवात राम्रो पक्ष भएको बताउँदै उहाँले भाबि दिनमा पनि साथमै रहने तथा समन्वयमा कमी नहुने प्रतिबद्धता जनाउनुभयो । साथै बिद्यालयले माध्यामिक तह सम्मै बिस्तार गर्न सकोस भन्ने कामना सहित शुभकामना पनि दिनुभयो ।
कार्यक्रमका बिशेष अतिथी वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरीले अभावको बावजुत पनि बिद्यालयले गुणस्तरीय शिक्षा दिने लक्ष्य सहित सुरुवात भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापती तथा बिद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद आचार्यले कार्यक्रममा सहभागी प्रमुखख अतिथी अतिथीहरु तथा अबिभावकहरुलाई धन्यवाद दिनुका साथै आभार ब्यक्त गर्नुभयो । त्यस्तै प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ठ अंक ल्याएका बिद्यार्थीहरुलाई बधाई दिनुभएको थियो ।
कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरी मनोरञ्जन समेत दिलाएका थिए । साथै प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ठ अंक ल्याई प्रथम द्धितीय र तृतिय भएका सबै तहका बिद्यार्थीहरुलाई मेडल पनि प्रदान गरिएको थियो ।