हेलम्बुमा स्वास्थ्य शिविर सञ्चलन

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

हेलम्बु ।

हेलम्बु गाँउपालिकाको २ स्थानमा आज स्वास्थ्य शिविर आयोजना गरिएको छ । हेलम्बु -२ किउलमा नि :शुल्क आँखा जाँच तथा मोतियाबिन्दु छनौट शिविर सम्पन्न भएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिदुर ज्योती जानकारी दिनुभयो । शिविरमा ८४ जनाले सेवा लिएका थिए ती मध्य ८ जनालाई मोतिविन्दु भएको पाइएको उहाँले बताउनुभयो । उनिहरुलाईलाई मेलम्चीमा फागुन ६ र ७ गते हुने नि: शुल्क मोतिया विन्दुको शल्यक्रियाको लागि प्रेषण गरिएको छ।

त्यसै गरि हेलम्बु ४ चिलाउनेघारिमा आयोजना भएको शिविरमा आज ३१६ जनाले सेवा पाएका छन उक्त शिविरमा साधारण चेक जाँच ,भिडियो x-ray सेवा, अक्कुपन्चर सेवा, दाँत निकाल्ने सफा गर्ने सामान्य शल्यक्रिया, हर्निया हाइड्रोशिलको पहिचान र शल्यक्रियाको लागि नि:शुल्क विमा र नि:शुल्क औषधी वितरण गरिएको आयोजकले जनाएको छ । यो शिविर भने भोलि पनि चल्ने ज्योती जानकारी दिनुभयो ।

Leave a Reply