हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस : अध्यक्ष नेपाल

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।

सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले कुनै कमि कमजाेरी गरेकाे भए रचनात्मक आलाेचना गरिदिन पत्रकारलाई ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आग्रह गर्नुभएकाे छ ।

ईन्द्रावती गाउँपालिकाकाे हिँउदे अधिवेशनकाे अवसरमा आयाेजित बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष नेपालले भन्नुभयाे ‘हामीले कमि कमजाेरी गरेकाे रहेछाैँ भने रचनात्मक आलाेचना गरिदिनुस’ । रचनात्मक आलाेचना संगसंगै राम्रा कामकाे प्रचार गर्ने जिम्मा पनि पत्रकारहरूकै भएकाे नेपालकाे भनाई छ ।

पञ्चायति व्यवस्था फालेर गणतन्त्र ल्याउन पत्रकारकाे अहम भुमिका रहेकाे उहाँले चर्चा गर्नुभयाे । ‘७५३ पालिकामा बृत्तिय शुशासनमा ईन्द्रावती दाेस्राे छ, कार्यसम्पादन मुल्याङ्कनमा हामी उत्कृष्ट छाै’, अध्यक्ष नेपालले भन्नुभयाे ।

ज्येष्ठ नागरिक घरदैलाे स्वास्थ्य शेवा दिने काम समेत पालिकाले गरिरहेकाे अध्यक्ष नेपालले जानकारी दिनुभयाे । गाउँपालिकाले एउटै शैक्षिक सत्रमा १५ % शिकाई उपलब्धि हाँसिल गरेकाे उहाँले बताउनुभयाे । 

गाउँपालिकाले एकै आर्थिक बर्षमा ६ वटा चिलिङ् भ्याट राख्न सफल भएकाे भन्दै अध्यक्ष नेपालले एउटै आर्थिक बर्षमा ६ वटा स्वास्थ्यचाैकी पालिकाभित्र निर्माण भएकाे उल्लेख गर्नुभयाे ।

Leave a Reply