नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपालद्वारा शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता

* # राजनीति शिक्षा समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी ।

पाँचपोखरी थाङपाल, सिन्धुपाल्चोक – बिभिन्न माग सहित आन्दोलनमा रहेका शिक्षकको मागप्रति नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिले ऐक्यबद्धत जनाएको छ। समितिले आन्दोलन स्थलमै पुगेर आन्दोलनरत शिक्षकहरूप्रति समर्थन जनाएको हो।

माओवदी केन्द्रका पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष दिलबहादुर वाइबाका अनुसार माओवादी केन्द्रले आन्दोलनरत शिक्षकहरूका मागप्रति पूर्ण समर्थन जनाउँदै शैक्षिक क्षेत्रमा सुधार र शिक्षकहरूको हक–अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब दिने प्रतिवद्धता जनाएको छ। साथै बिज्ञप्ति मार्फत यस अघिनै पाटि कमिटिले समर्थन गरिसकेको छ ।

“शिक्षकहरूका जायज मागहरूलाई सरकारले वेवास्ता गर्न मिल्दैन,” अध्यक्ष वाइबाले भन्नुभयो, “हामीले आन्दोलन स्थलमै पुगेर उनीहरूको मनोबल उच्च बनाउन र साथ दिने सन्देश दिएका छौँ।”

अध्यक्ष वाइबाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । आन्दोलनमा समर्थन गर्न पालिका समिति अध्यक्ष वाइबा, नेताहरु लोकमान तामाङ, प्रेम पुरी लगायत आन्दोलन स्थल पुग्नुभएको थियो ।

Leave a Reply